निःशुल्क यातायात सेवा

हरिश चन्द
डडेल्धुरा २८ साउन- अध्यापन अनुमतिपत्र लाइसेन्स परीक्षा दिन डडेल्धुरा सदरमुकाम आउँदा अलपत्र परेका परीक्षार्थीहरूको नेपाली काङग्रेस (वि.पी) डडेल्धुराले निःशुल्क यातायात सेवाको व्यवस्था गरिएको छ ।

नेपाली काङग्रेस (बि.पी) ले शनिवार विहान अलपत्र परेका ४ सय जना भन्दा बढी परीक्षार्थीहरूको यातायातको व्यवस्था गरेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पहाडी जिल्लाका साथै कैलाली, कञ्चनपुरबाट आएका ४ सय जना परीक्षार्थीलाई विद्यालयमा परीक्षार्थीलाई सहज बनाउनका लागि यि बसको ब्यबस्थापन गरेको नेपाली काङग्रेस (बि.पी) का केन्द्रिय उपाध्यक्ष कणर् मल्लले जानकारी दिए । नेपाली काङग्रेस (बि.पी) डडेल्धुराले किसन जि भवनमा तीनवटा हलमा निःशुल्क खाना र बासको व्यवस्था मिलाइएको थियो ।

शिक्षक सेवा आयोगले साउन २८ गते निम्न माध्यमिक तहको लाइसेन्स परीक्षा सञ्चालन गरेको थियो । त्यसका लागि सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेल्धुराका विद्यालयलाई केन्द्र तोकिएको थियो ।

नेपाली काङग्रेस (विपी) ले १० वटा परिक्षा केन्द्रमा पिउने पानि, र मास्कको पनि ब्यबस्था गरेको थियो । डडेल्धुराका १२ वटा केन्द्रमा ३ हजार २ सय ४७ जना विद्यार्थीले अनुमति पत्र परीक्षा दिएको जनाएको छ ।

Loading...