संञ्चालनमा आयो कैलालीको अत्तरियामा छप्पन भोग होटल

अत्तरिया, २७ साउन- कैलालीको गोदावरी नगरपालिका वडा नं. १ अत्तरियामा छप्पन भोग होटल संञ्चालन आएको छ । अत्तरिया स्थित वरपिपल गल्ली भित्र झन्डै १ लाख ९० हजारको लगानीमा छप्पन भोग होटल संञ्चालनमा आएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

शुक्रबार एक कार्यक्रम बीच संचालक गजाधर पन्तका भाई मोहन देव पन्तले रिवन काटेर उद्धधाटन गरेका थिए । उक्त होटलमा भारतीय साउथ इन्डियन परिकार डोसा, इडली, साम्भर पाइनुका साथै बनाना शेक, म्यागो शेक, बनेला शेक आइस क्रिम लगायत ५६ वटा परिकार पाइने संञ्चालन पन्तले बताए । बर्थडे सलिब्रिेशन होम डेलिभरी, स्कुल टिफि, ५ जनाको ग्रुपमा एउटा ढोसा फ्रि को व्यवस्था समेत गरिएको छ । ढोसा स्पेसल मैदा रहित रहने बताइएको छ ।

इडियन फुटमा आवश्यक पर्ने मसला स्थानिय बजारमा उपलब्ध नहुने भएकाले बाहिरबाट आयात गर्नुपर्ने देखिएको होटल संचालक पन्तले बताए ।

होटल संचालक पन्तले यस भन्दा अगाडी भारतको होटलमा कुकको रुपमा लामो समयदेखि काम गरेको अनुभव समेत आफु सँग रहेको बताए । उनले भारतको होटलमा कामगर्दाका बखत बेष्ट अवार्डले समेत सम्मान हुन पुगेका थिए ।

Loading...