खोडपेमा शीतभण्डार सञ्चालन

बैतडी- कृषि उपज भण्डारणका लागि बैतडीको पाटन नपा–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ। तरकारीका लागि पकेट क्षेत्रका रूपमा परिचित खोडपेमा करिब ४५ लाख रुपैयाँको लागतमा सम्पन्न भएको उक्त शीतभण्डार जिल्लाकै पहिलो हो।

Ganyapdhura gau

दश टन क्षमताको उक्त शीतभण्डार कृषि ज्ञानकेन्द्र बैतडीको १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्डस्टोरको बाँकी लगानी गरी ४५ लाखको लागतमा कोल्ड स्टोर सञ्चालनमा आएको कृषि ज्ञानकेन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिल्लामा पहिलोपटक शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका किसानलाई कृषि उपज भण्डारण गर्न सहज भएको छ। शीतभण्डारका सञ्चालक ललितमोहन भट्टका अनुसार बैतडीका किसानहरूले उत्पादन गरेको कृषि उपजलाई भण्डारण गर्न सहज होस् भनेर शीत भण्डार निर्माण गरिएको हो।

उनले भने, ‘खोडपे क्षेत्र तरकारीका लागि पकेट क्षेत्र हो तर यहाँका किसानलाई तरकारी भण्डारण गर्न समस्या थियो, भण्डारण गर्न नपाउँदा सस्तैमा बेच्नुपर्ने बाध्यता थियो, अब सजिलैसँग तरकारी भण्डारी गर्न सकिन्छ र मूल्य पाउँदा विक्री गर्न सहज हुन्छ।’

शीतभण्डार सञ्चालनमा आएसँगै राहत हुने किसानले बताएका छन्। बजार अभावमा आलु बिक्री गर्न निकै समस्या हुने गरेको तथा बारीमै कुहिने समस्याको अन्त्य भएको स्थानीय किसान केशव विष्टले बताए।

‘शीतभण्डार नहुँदा आलुको बीउ भण्डारण गर्न डडेल्धुरा जानुपर्ने बाध्यताको अन्त्य भएको छ’, उनले भने, ‘खास गरी यो क्षेत्र आलुका लागि प्रसिद्ध मानिन्छ। यसअघि किसानले बजार मूल्य नपाएर सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता थियो, अब शीतभण्डार सञ्चालनमा आएकाले सहज हुनेछ।’ बैतडीको पाटन नगरपालिकाकाको खोडपे आसपासका क्षेत्रमा सबैभन्दा बढी आलु, बन्दा, काउली र टमाटर उत्पादन हुँदै आएको छ।

Couple
Loading...