पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा संक्रमण पुष्टि, २ हजार बढी निको, ५० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Dadeldhura hospital

यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी ५० जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ५ सय ७९ जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

Loading...