हरिश चन्द
डडेल्धुरा २३ साउन- डडेल्धुरामा पहिलो पटक किसुन जी निःशुल्क विश्रामस्थल स्थापना गरिएको छ । विभिन्न कामले जुनसुकै जिल्लाका नागरिक डडेल्धुरा सदरमुकाम पुगेका तथा आवतजावत गर्दा अलपत्र परेका नागरिकलाई सहज जोस् भन्ने उद्देश्यले डडेल्धुरामा निःशुल्क विश्रामस्थल स्थापना गरेकोे हो ।




कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान र सेवादल डडेल्धुराले सोमबार एक औपचारिक कार्यक्रम गरि महामण्डलेश्वर अमिता कपालीले उक्त विश्रामस्थलको उद्घाटन गरेकी हुन् ।


विशेषगरी आर्थिक अभावका कारण होटलमा बस्न नसक्ने अवस्था भएका नागरिकका लागि ६ बेडको विश्रामस्थल स्थापना गरेको कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका कार्यलय सचिव रामबहादुर विष्टले बताए । उक्त विश्रामस्थल कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानको भवनमा रहेको छ ।
सेवा दलले समस्यामा परेका नगरिकलाई सहयोग गर्ने गरेको थियो । कोरोना संक्रमणका बेला सोही भवनमा क्वारेन्टिन तथा निःशुल्क खानाको व्यवस्था गरेको थियो । यस्तै अक्सिजन सहयोग तथा बाढी पीडितलाई राहत वितरण समेत सेवा दलले गरेको थियो ।




