बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा

बैतडी- बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली र पुरचौंडी नगरपालिकाका साथै पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले आठ ओटा स्थानीय तह पहिरोको उच्च जोखिममा रहेका देखाएको थियो । जिल्लाको सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्य जोखिममा रहेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

यस्तै जिल्लाका ती स्थानीय तहमा बाढीको समेत जोखिम रहेको उल्लेख गरिएको छ । सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अन्य तहको तुलनामा बाढीको जोखिम रहेको बताइएको छ । त्यहाँको स्थानलाई विगतका वर्षमा पहिरो र बाढीले गरेको क्षति र विभिन्न सर्वेक्षणका आधारमा उच्च र मध्य जोखिम भनेर छुट्याइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “उच्च र मध्य जोखिम छुट्याइएका छौँ, सोही आधारमा सम्बन्धित स्थानीय तहलाई पूर्वतयारी गर्न भनिएको छ । साथै सुरक्षित स्थानको पहिचान पनि गर्न आग्रह गरेका छौँ ।”

Navadurga sun
Godawari sandesh

वर्षात्को समयमा विपद्का घटना हुनसक्ने भएकाले सम्भावित घटनाबाट जोगिनका लागि आवश्यक उपाय अपनाउन जिल्ला प्रशासन कार्यालयले जोड दिएको छ । पहिरोका कारण विगतमा जनधनको क्षति भएकामा अहिले पनि पहिरोको जोखिम बढिरहेकाले सतर्क हुन आग्रह गरिएको छ । गत वर्ष मात्रै जिल्लामा पहिरोमा परेर चार जनाको मृत्यु भएको र करोडौँको सम्पति र कृषि बालीमा क्षति पुगेको थियो ।

Couple
Loading...