धनगढी बाट ३ लाख बढीको सामान बरामद

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीबाट प्रहरीले साढे ३ लाख बराबरको बेवारिसे सामान बरामद गरेको छ । बुधबार साँझ प्रहरीले धनगढी उप–महानगरपालिका – ४ चटकपुरबाट ३ लाख ५३ हजार ९ सय ४० मुल्य बराबरका स्टेशनरी सामानहरु बेबारीसे अवस्थामा बरामद गरेको हो ।

उक्त सामान भन्सार छलि गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त सामान बिहिबार आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय कैलालीमा पठाईएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...