लागूऔषध सहित ३ जना पक्राउ

हरिश चन्द
डडेल्धुरा, १५ साउन- लागूऔषध सहित प्रहरीले डडेल्धुराको बागवजारवाट तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार कञ्चनपुको शुक्लाफाँटा नगरपालिका-९ का २८ वर्षीय दिपेश ऐर, झलारी सिसैयाका २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका-६ का २६ वर्षीय अनिल ताम्राकारलाई लागूऔषध सहित पक्राउ गरिएको हो ।

Dadeldhura hospital

उनीहरूको साथबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने खैरो रङको पदार्थ २.५० ग्राम, नगद ४३ हजार ३ सय ५० रुयैयाँ र ३ थान मोबाइल बरामद गरिएको डीएसपी भट्टले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

अमरगढी नगरपालिका-५ बागबजार स्थित एक होटेलमा लागूऔषध खैरोहिरोइनको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई शुक्रबार राति ९ बजेतिर पक्राउ गरिएको उनले बताए ।

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डीएसपी भट्टले जानकारी दिए । प्रहरीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको भएपनि आईतबार मात्रै सूचना सार्वजनिक गरेको हो ।

Loading...