सुदूरपश्चिममा ७९ प्रतिशतले कोभिडको पूर्ण खोप लगाए

धनगढी– सुदूरपश्चिम प्रदेशमा हालसम्म ७९ प्रतिशतले कोभिड–१९ विरूद्दको पूर्ण मात्राको खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले धनगढीमा आयोजना गरेको खोप सम्बन्धि सञ्चारकर्मीहरूसंगको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । प्रदेशमा कोभिड–१९ विरूद्दको पहिलो मात्रा ८३ प्रतिशतले लगाएका छन भने ३३ प्रतिशतले थप मात्रा लगाएका छन ।कञ्चनपुर जिल्लामा सबैभन्दा बढी ८७ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन भने सबैभन्दा कम बझाङमा लगाएका छन् ।

Dadeldhura hospital

कञ्चनपुरमा पहिलो मात्रा ९१ प्रतिशत र थप मात्रा ३२ प्रतिशतले लगाएका छन् । बझाङमा ६५ प्रतिशतले पहिलो र ६३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । बाजुरा जिल्लामा सबैभन्दा बढीले पहिलो मात्राको खोप लगाएका छन् । १०८ प्रतिशतले कोभिड–१९ विरूद्दको पहिलो मात्रामा खोप लगाएका छन । पूर्ण मात्रा ८६ प्रतिशतले लगाएका छन भने २२ प्रतिशतले थप मात्रा खोप लगाएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

दार्चुलामा ८६ प्रतिशतले पूर्ण मात्रा तथा ८२ प्रतिशतले पहिलो मात्रा एवम् ३० प्रतिशतले थप मात्रा लगाएका छन् ।बैतडीमा पनि ८६ प्रतिशतले पूर्ण मात्रा तथा ८५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले थप मात्रा खोप लगाएका छन् । डडेल्धुरामा ८४ प्रतिशत पूर्ण, ८२ प्रतिशतले पहिलो तथा ३६ प्रतिशतले थप मात्रा खोप लगाएका छन् ।

डोटीमा ७८ प्रशिशतले पूर्ण, ७१ प्रतिशतले पहिलो र ३३ प्रतिशतले थप मात्रा खोप लगाएका छन् । अछाममा ६५ प्रतिशतले पूर्ण, ५९ प्रतिशतले पहिलो र ३१ प्रतिशतले थप मात्रा खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लामा ७९ प्रतिशतले पूर्ण, ८६ प्रतिशतले पहिलो तथा ३६ प्रतिशतले थप मात्रा लगाएका छन् ।

Loading...