यातायात व्यवस्था कार्यालय डडेल्धुराद्वारा ३ करोड बढी राजस्व सङ्कलन

हरिश चन्द
डडेल्धुरा १२ साउन- यातायात व्यवस्था कार्यालय डडेल्धुराले गत आर्थिक वर्षमा रु तिन करोड १२ लाख ६७ हजार एक सय पाँच रुपयाँ राजस्व सङ्कलन गरेको छ । यातायात सेवा कार्यालयवाट व्यवस्था कार्यालय वनेपछि राजस्व सङ्कलनमा बृद्धि भएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

सवारीसाधन कर तर्फ रु दुई करोड ५१ लाख ८५ हजार ५१७, ब्यबसाय रजिट्टेशन दस्तुर ९४ हजार ५०० सय सङ्कलन भएको छ । चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु ४१ लाख १४ हजार ६५० यातायात क्षेत्रको आम्दानी १७ लाख ९२ हजार दुई सय १० सङ्कलन गरेको कार्यालयका प्रमुख मेख राज उपाध्यायले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

उनका अनुसार कार्यालयले सवारी दर्ता किताब, नवीकरण लगायत समेत राजस्व सङ्कलन भएको छ । यातायात सम्बन्धी सम्पूणर् सेवा सुरु भएसँगै राजस्व सङ्कलन बढ्ने जनाइएको छ । चालक अनुमतिपत्र वितरणसँगै दोब्बर राजस्व सङ्कलन हुने अपेक्षा लिइएको बताईएको छ ।

डडेल्धुराबाट नै चालक अनुमतिपत्र वितरण सुरु भएपछि अब बढी राजस्व सङ्कलन हुने अपेक्षा गरिएको कार्यालयका प्रमुख मेख राज उपाध्यायले बताए । उनका अनुसार कार्यालयमा चालक अनुमतिपत्रका लागि डडेल्धुरा सहित बैतडी दार्चुला बझाङ लगायत जिल्लाबाट समेत सेवाग्राही आउन थालेका छन् ।

Couple
Loading...