विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका ५ जना बिरामी

Dadeldhura hospital

बैतडी– विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी परेका छन् । बैतडीको मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बिरामी परेका हुन् । बिरामी पर्नेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् ।

उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु बिरामी परेका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेका थिए । त्यसलगत्तै उनीहरूलाई स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो ।

Navadurga sun
Godawari sandesh
Loading...