
धनगढी– धनगढी उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाका मेयरद्वय गोपाल हमाल र बालेन्द्र साहबीच भेटवार्ता भएको छ। काठमाडौंमा मेयरद्वय हमाल र साहबीच भेटवार्ता भएको हो। धनगढीका मेयर हमाल अहिले काठमान्डौ मा छ्न।


भेटवार्तामा उनीहरुबीच फोहोरमैला व्यवस्थापनको विषयमा छलफल भएको मेयर हमालको सचिवालयले जनाएको छ। हमाल र साह हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतले मेयरमा विजयी भएका थिए।





