ने.रा.शि.स. गोदावरी नगर समिति अत्तरियाले शिक्षण अन्तरक्रिया कार्यक्रम

अत्तरिया, ७ साउन– नेपाल राष्ट्रिय शिक्षक सगठन गोदावरी नगर समिती अत्तरिया कैलालीले शिक्षण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कैलालीको गोदावरी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीका अध्यक्षको समापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर उप-प्रमुख शारदा देवी रोकाया रहेकी थिइन ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै विशिष्ट अतिथीमा नेकपा एमाले नगर कमिटि सचिव जिवन कुमार शाह र नेपाल राष्ट्रिय शिक्षक संगठन कैलालीका केन्द्रीय प्रतिनिधि कर्ण बहादुर साउद रहेका थिए भने अतिथीहरुमा गोदावरी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष सुद्धीराम चौधरी, वडा नं. ६ का जग्गुराम चौधरी, वडा नं.७ की कलावती साउद र वडा नं. ८ का गोविन्द चौधरी र वडा सदस्यहरु, विद्यालयका प्रधानाध्याप, शिक्षक, शिक्षिका लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै उक्त कार्यक्रममा शैक्षिक क्षेत्रलाई सुधारका लागि के कसरी जानु पर्ने भन्ने विभिन्न बिषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरुले आ-आफ्ना बिचारहरु व्यक्त गरेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीका उपाध्यक्ष प्रेमराज जोशीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संचालन नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीका सचिव भुपेन्द्र बहादुर चन्दले गरेका थिए ।

Loading...