प्रेस युनियनको कैलाली शाखा उत्कृष्ट घोषित

धनगढी– नेपाल प्रेस युनियन केन्द्रीय समितिले उत्कृष्ट काम गरेको प्रेस युनियनको कैलाली शाखालाई सम्मान गरेको छ । गण्डकी प्रदेशको राजत्रानी हेटौडामा शुक्रबार वाट शुरु भएको नेपाल प्रेस युनियनको नवौ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा कैलाली शाखा लाई सम्मान गरीएको हो ।

Dadeldhura hospital

नेपाली काङ्ग्रेसका उपसभापती पुर्ण वहादुर खड्का, महामन्त्री बिश्वप्रकाश शर्मा, बाग्मती प्रदेशका सभापति ईन्द्र बानिया, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले संयुक्त रुपमा कैलाली शाखा अध्यक्ष श्रवण देउवालाई सम्मान पत्र प्रदान गर्नुभएको हो । नेपाल प्रेस युनियनको विधि विधान अनुसार संगठन सुदृढीकरण,संगठन विस्तार, कोरोनाको कहरमा अग्रपंतिमा रहेर पत्रकारको हक हित र संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै प्रेस युनियनको कैलाली शाखा लाई सम्मान गरिएको हो ।

Navadurga sun
Godawari sandesh

सम्मान ग्रहण ले आफुहरुमा थप हौसला थपिएको भन्दै कैलाली शाखा अध्यक्ष श्रवण देउवाले आगामी दिनामा पत्रकार र पत्रकारिता क्षेत्रको विकास र विस्तारकमा लागि थप सकृय भएर अघी वढ्ने वताए । सम्मान पत्रमा प्रेस युनियनका केन्द्रीय अध्यक्ष वद्री सिग्देल र नेपाली काङ्ग्रेसका सभापती तथा प्रधानमन्त्री शेर वहादुर देउवाले हस्ताक्षर गरेका छन् ।

Loading...