स्थानीय तहमा आधारभूत अस्पताल : सुस्त गतिमा

हरिश चन्द
डडेल्धुरा ५ साउन- डडेल्धुरा जिल्लामा सङ्घीय सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना सुस्त गतिमा वनिरहेका छन् ।

अस्पताल बनाउने ठेक्का पाएको रेजेन्द्र निर्माण सेवा कम्पनिको चरम लापरवाहिले अस्पताल योजना सुस्त गतिमा वनिरहदा अनिश्चित् भएको छ । नागरिकलाई चिकित्सकसहितको आधारभूत स्वास्थ्य सेवा दिने उद्देश्यले ५, १० र १५ शय्याका आधारभूत अस्पताल बनाउने योजना सरकारले अघि सारेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अस्पताल नभएका स्थानीय तहहरूमा दुई वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्यका साथ अघि बढेको सरकारले एक बर्ष ६ महिना नाघिसक्दा समेत यहाँको नवदुर्गा गाउँपालिकामा निर्माण प्रक्रिया सुरु हुन सकेको छैन ।

जिल्लाको नवदुर्गा गाउपालिकामा १५ शय्याको अस्पताल रहेको छ । नवदुर्गा गाउपालिकामा रहेको १५ शय्याको अस्पतालको जिल्ला पाएको राजेन्द्र निर्माण सेवाको ढिला सुस्तिका कारण अस्पताल समयमै नवन्दा स्थानिय अक्रोसित हुन थालेका छन् । आलिताल गाउँपालिका, अजयमेरु गाउँपालिका, भागेश्वर गाउपालिका गन्यापधुरा गाँउपालिकामा १० शय्या क्षमताको अस्पताल निर्माणधीन अवस्थामा छन् ।

सङ्घीय सरकारले ०७७ मङ्सिर १५ मा देशभरका ३९३ आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । डडेल्धुराका चार स्थानीय तहमा १० र एक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण अघि बढेपनि अस्पताल कहिले सम्पनन् हुन्छन भँन्ने टुङगो छैन ।

Loading...