उदय सरस्वती बहुमुखी क्याम्पसको प्रमुखमा जगदिश सेटी

प्रकाशबहादुर बोहरा
अत्तरिया, ४ साउन– उदय सरस्वती बहुमुखी क्याम्पस कृष्णपुर २ बंकको क्याम्पस प्रमुखमा जगदिश सेटी नियुक्त भएका छन् । कञ्चनपुरको कृष्णपुर २ बंकमा रहेको क्याम्पस स्थापना काल २०७० साल देखि नै अंग्रेजी बिषयको सहायक प्राध्यापक तथा सहायक क्याम्पस प्रमुखको जिम्मेवारी समाल्दै आउनु भएको थियो ।

Dadeldhura hospital

२०६५ जेठ ३ गते कालिका माध्यमिक बिद्यालयमा अंग्रेजी शिक्षकको रूपमा शिक्षण पेशा सुरूवात गरेका उनले अंग्रेजी र राजनीति शास्त्रबाट स्नातकोत्तर पास गरेका छन् । नन्द उच्च माध्यमिक विद्यालयमा २०६६ साल देखि १० बर्ष उच्च माध्यमिक तहमा अंग्रेजी बिषय अध्यापन गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै २०७१ साल देखि करिब ४-५ बर्ष कञ्चन बहुमुखी क्याम्पस कृष्णपुर गुलरियामा स्नातक तहमा अंग्रेजी बिषय समेत अध्यापन गरेका उनले जे वी एकेडेमीको प्रिन्सिपलको जिम्मेवारी समेत समाल्दै आएका छन् ।

बुवा करन सिंह सेटी र आमा शर्मा देवी सेटीको कोखबाट विक्रम सम्वत २०४४ साल बैशाख ७ गते जन्म भएको थियो । उनले शिक्षण पेशा मात्र नभई शहकारी क्षेत्र, बिमा क्षेत्र, पत्रकारीता र समाजसेवामा आफुलाई अब्बल सावित गर्न सफल बहुआयामिक प्रतिभाका धनि हुन् ।

Loading...