

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो ।



आइतबारदेखि सामान्य रुघा लागेको थियो भने सोमबार बिहानबाट हल्का ज्वरो आएपछि चिकित्सकको परामर्शमा स्वाब दिएका थिए । उनी हाल पोखरास्थित सरकारी निवासमै छन् । आज बुधबार थप स्वास्थ्य परीक्षण गर्ने तयारी छ ।


पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले गण्डकीमा ९२ जना होम आइसोलेसनमा छन्, जसमध्ये कास्कीका ७१ जना छन् ।

