बैतडी जिल्ला अस्पतालमा ९ जना डाक्टरको उपचार सेवा

बैतडी– जिल्ला अस्पताल बैतडीमा पहिलोपटक ९ जना डाक्टरले सेवा दिन थालेका छन्। दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समय भने २ जना विशेषज्ञसहित ९ जना डाक्टरले सेवा दिन थालेका हुन्। जिल्ला अस्पताल बैतडीमा पहिलो पटक २ जना विशेषज्ञसहित ९ जना डाक्टरले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए। छात्रवृत्ति करारसहितका ९ जना चिकित्सकले अहिले जिल्ला अस्पतालमा सेवा दिइरहेका हुन्।

Ganyapdhura gau

अस्पताल स्थापना भएको विसं २०३३ यता पहिलो पटक विशेषज्ञसहित ९ जना चिकित्सकले सेवा दिएको अस्पतालले जनाएको छ। जिल्ला अस्पतालमा अन्य दरबन्दीका स्वास्थ्यकर्मीको पनि अभाव नरहेको सूचना अधिकारी पन्तले बताए। अस्पतालमा अहिले एकजना एमडि जनरल फिजिसियन डाक्टर छन् भने अस्पताल प्रमुख डा. दिपेश श्रेष्ठ एनेस्थेसियोलोजिस्ट हुन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिल्ला अस्पताल बैतडीमा गर्भवतीहरूको प्रसूतिमा कठिनाइ भए शल्यक्रिया गराउन सकिन्छ भने अन्य शल्यक्रियाका सेवा पनि थपिने अस्पताल प्रमुख डा.श्रेष्ठले बताए। ९ जना डाक्टरले सेवा दिन थालेपछि सामान्य अवस्थाका बिरामी धनगढी, नेपालगन्ज जानुपर्ने बाध्यता हटेको छ।

यसबीच जिल्ला अस्पताल बैतडीमा थाइराइड परीक्षण पनि शुरु भएको छ। मेसिन बिग्रेर बन्द रहेको थाइराइड परीक्षण मेसिन मर्मतपछि पुनः शुरु भएको जिल्ला अस्पतालले जनाएको छ। ​थाइराइडका बिरामीका लागि जिल्ला अस्पतालमा परीक्षण शुरु भएपछि सजिलो भएको डा। दिपेश श्रेष्ठले बताए।

थाइराइड परीक्षण गराउन ३ सयदेखि ७ सय रूपैयाँसम्म शुल्क लाग्ने बताइएको छ। थाइराइड बढेको अथवा घटेको पत्ता लगाउन पनि परीक्षण गर्नुपर्छ। त्यसका लागि जिल्ला अस्पतालमै सुविधा भएपछि अन्यत्र जानुपर्ने बाध्यता हटेको जिल्ला अस्पतालले जनाएको छ। थाइराइडको औषधि सेवन गरिरहेकालाई पनि परीक्षणका लागि सहज भएको छ। शरीरमा थाइराइडले राम्रो काम नगरेमा तौल बढ्ने, थकाइ लाग्ने, जाडो हुने, महिलाहरूको महिनावारी अनियमित हुनेलगायत लक्षण देखा पर्छन्।

Couple
Loading...