अनाथ बालबालिकालाई कपडा र रासन सहयोग

हरिश चन्द
डडेल्धुरा ३२ असार- पोखराको बेदस्था बालगृहमा रहेका साहाराविहीन बालबालिकालाई कपडा र रासन वितरण गरिएको छ। अमरगढी नगरपालिका वडा नं. ७ पाखरास्थित आश्रममा रहेका १० जना बालबालिकालाई सहयोग गरिएको हो ।

घरमा स्याहार गर्ने अभिभावक नभई आश्रममा बसेका १० जना बालबालिकालाई श्री रण बम गणका सेनानीले सहयोग गरेको छ । थापाको स्थायी घर काठमाडांै हो अहिले डडेल्धुरा रण बम गणका बस्दै आउनु भएका बालमुकुन्द थापाले १० जोडा ज्याकेट, ट्राउजर बालबालिकालाई सहयोग गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

केही दिन अघि अवलोकनका लागि बालआश्रममा गएका थापा बालबालिको अवस्था दैनिय देखेर दाया लागेर आएको र केहि सहयोग गर्न पायो भने म खुसिहुने थिए भनि सोच गरेका थापाले तिनिहरुको डाटा लिएर आएका हुन । त्यो सायद जुराएकोले यि सामाग्रि वितरण गरेको उनले बताए ।

आगाडी प्रकाशन भएको समाचार पढेर न्यानो कपडा अनाथ बालबालिकालाई सहयोग गरेको मनकारी बालमुकुन्द थापाले बताए । अहिले पोखरामा रहेको बेदस्था बालगृहको अवस्था दैनिय रहेको छ ।

त्यतिमात्रै नभई डडेल्धुराका विभिन्न सामाजिक कार्यमा श्री रण बम गणले सहयोग गर्दै आएको छ । गणले रक्तदान, जनचेनामुलक संन्देश लगायत विद्यालयमा पुस्तक खेल सामाग्री लगायत विद्यालयमा विद्यार्थीहरुलाई तालिम समेत दिइएको जनाएको छ ।

Loading...