आज भारत जाँदै प्रचण्ड

काठमाडौँ– सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाने भएका छन्। स्रोतका अनुसार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड दिल्ली जान लागेका हुन्।

Ganyapdhura gau

खुमलटार स्रोतले केही महिनाअघि नै प्रचण्डको भारत भ्रमणको योजना बनेको बतायो। प्रचण्डनिकट स्रोतका अनुसार उनी आज शुक्रबार दिउँसो साढे १ बजे दिल्लीका लागि उड्ने तालिका छ। यसैबीच प्रचण्डले प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज दिउँसो ३ बजे हुने निर्वाचनमा मतदान गर्न नपाउने भएका छन्।

Navadurga sun
Dadhaldhura pur

‘दिउँसो साढे १ बजेका उहाँ ९प्रचण्ड० भारत प्रस्थान गर्ने कार्यतालिका छ, उपसभामुखको निर्वाचनमा सहभागी हुन नपाउनुहुने भयो’, स्रोतले भन्यो। नेपालमा वाम गठबन्धन बनाउन चीन सक्रिय भएपछि त्यसलाई रोक्ने रणनीतिसहित भारतले प्रचण्डलाई दिल्ली बोलाएको हो।

प्रचण्ड दुई दिनसम्म भारतमा रहनेछन्। प्रचण्डले भाजपा मुख्यालय पनि भ्रमण गर्ने बताइएको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि भाजपा मुख्यालय पुगेका थिए।

नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले केही दिनअघि प्रचण्डलाई भाजपा अध्यक्ष नड्डाको निम्तो हस्तान्तरण गरेका थिए। नेपालमा बढ्दो अमेरिकी सक्रियता र चिनियाँ चासोबीच अध्यक्ष प्रचण्डको दिल्ली यात्रा तय हुनुलाई अर्थपूर्ण मानिएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...