कैलारी पुर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा

हसुलिया– कैलालीको कैलारी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार भएको एक कार्यक्रमका विच गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको हो ।

Dadeldhura hospital

पुर्ण खोप सुनिश्चितता गर्ने राष्टिय पूर्ण खोप निर्देशका बमोजिम यस कैलारी गाउँपालिकाका सबै वडाहरुबाट सम्पूर्ण प्रक्रिया सम्पन्न गरी पुर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र सापकोटाले बताए । असार २९ गतेसम्म १६ महिनादेखि २३ महिना सम्मका ६ सय ८८ जना बालबालिकाहरुले १५ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खोपहरु पाएको उहाँले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त कार्यक्रममा गाउँपालिकाभित्र रहेको सबै वडा कार्यालय र स्वास्थ्य सस्थालाई प्रमाणपत्र वितरण गरिएको छ । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमखहरु, स्वास्थ्यकर्मी, राजनितिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेका थिए । संचालन सामाजिक विकास अधिकृत यगम कलेल ले गरेका थिए ।

Loading...