धनगढीका नगर प्रमुख हमालद्वारा असार महिनाको सुविधा बाफतको रकम विद्यालयलाई हस्तान्तरण

धनगढी, २८ असार– धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले असार महिनाको सुविधा बाफतको रकम दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका छन् । मंगलबार एक कार्यक्रमका बीच नगर प्रमुख हमालले उपमहानगरपालिकाको वडा नं. ११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनाको सुविधा वाफतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Dadeldhura hospital

उक्त विद्यालयमा प्रदेश भरीकै डोटी, कैलाली, बाजुरा, कञ्चनपुर, बैतडी, अछाम, बझाङ, डडेल्धुरा जिल्लाका फरक क्षमता (बहिरा) भएका विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । विभिन्न कठिनाइ बीच सञ्चालन हुँदै आएको उक्त विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न बालबालिकाको नियमित पठनपाठनका र लत्ताकपडाका लागि सहयोग पुगोस् भनेर मेयर हमालले सो रकम हस्तान्तरण गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

२०७२ सालबाट सञ्चालनमा आएको सो विद्यालयका लागि नेपाल सरकारले वार्षिक ४० हजार रुपैयाँ मात्रै उपलब्ध गराउँदै आएको बताउँदै विद्यालयमा दोभाषेको रुपमा कार्यरत बहिरा संघ कैलालीका मौसम भट्टले मेयर हमालले ठुलो रकम सहयोग गरेर पुण्यको काम गरेको बताएका छन । अहिले यो विद्यालयमा कक्षा ६ सम्म पढाइ हुने गरेको छ ।

भट्टका अनुसार १२५ जना छात्रछात्रा रहेको विद्यालयमा छात्राको संख्या बढी छ । विद्यालयले विगत लामो समयदेखि विभिन्न समस्याको सामना गर्दै आएको उनले बताए । विद्यालयको डिपिआर तयार भएर पनि अहिलेसम्म काम हुन नसकेको उनको गुनासो छ । विद्यालय सुरक्षाका लागि पर्खाल नभएकाले छाडा पशु चौपायाका कारण अध्ययन-अध्यापनमा समस्या भइरहेको विद्यालयले जनाएको छ ।

Loading...