कैलालीमा सिल प्याक पानीको बोतलमा माकुरो भेटिएपछि…

Dadeldhura hospital

धनगढी– कैलालीको टीकापुरमा पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलभित्र माकुरो भेटिएको छ।त्यो पानीको बोतल आकाश गङ्गा वाटर एण्ड बेबरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीको रहेको पाइएको छ।

अहिले उपभोक्ता हित संरक्षण मञ्चलाई हस्तान्तरण गरेको उक्त पानीको गुणस्तर जाँच र आवश्यक कारबाहीका लागि इलाका प्रशासन कार्यालय टीकापुरमार्फत जिल्ला प्रशासन कार्यालय धनगढी पठाइएको बुझिएको छ ।

Loading...