अमरगढीले बस समयमै नदिँदा स्कुल समस्यामा

डडेल्धुरा– अमरगढी नगरपालिकाले स्कुल बस दिन ढिलाइ गर्दा विद्यार्थीलाई समस्या भएको छ। अमरगढी नगरपालिकाले नयाँ शैक्षिक सत्रमा नगरभित्रका दुई विद्यालयलाई स्कुल बस दिने भन्दै आवेदन दिन आह्वान गरेको थियो। जसअनुसार महेन्द्र माध्यमिक विद्यालय खलंगा र भागेश्वर मावि टाँटरले आवेदन दिएका थिए।

नगरपालिकाले बस दिने निर्णय गरेपछि महेन्द्र माध्यमिक विद्यालयले टाढा टाढाका विद्यार्थी भर्ना गरेको छ। वैशाखमा दिने भनेको बस असार कट्नै लाग्दासमेत नदिएको महेन्द्र माध्यमिक विद्यालयका नासु धर्म पन्तले बताए।

godawari10 Mahila hinsa
Navadurga sun

विद्यालय र नगरपालिकाको ५० प्रतिशत सहभागितामा दुईवटा विद्यालयलाई चालू शैक्षिक सत्रको शुरुवातमै स्कुल बस दिने भनेको नगरपालिकाले शैक्षिक सत्र शुरु भएको तीन महिना बितिसक्दा पनि स्कुल बस दिने छाँटकाँटै छैन।

Dadeldhura hospital

बस खरिद गर्ने शर्तअनुसार महेन्द्र माध्यमिक विद्यालयले १० लाख ५५ हजार रुपैयाँ बुझाइसकेको छ भने भागेश्वर माविले पैसा अभाव भएको जनाउँदै दिन सकेको छैन।

टाढा टाढाका विद्यार्थी भर्ना गरेको विद्यालयमा स्कुल बस समयमै नआउँदा विद्यार्थीले समस्या भोग्नु परिरहेको महेन्द्र माविकै शिक्षक किशोर बमले बताए।

अमरगढी नगरपालिकाले भने ठेक्का सम्झौता भई आसय समेत स्वीकृत भइसकेको र कर छुटका लागि कागज बनाउँदा ढिलाइ भएको जनाएको छ। स्कुल बस भारतबाट ल्याउनुपर्ने भएकाले ढिलो भएको अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले जानकारी दिए।

टाढाका विद्यार्थीहरूका लागि आवतजावतमा आएको समस्या समाधानका लागि महेन्द्र मावि खलंगाले भारतीय राजदूतावासमार्फत एउटा स्कुल बस प्राप्त पाइसकेको छ भने अमरगढी नगरपालिकाले तत्काल विद्यालयलाई स्कुल बस हस्तान्तरण गरे विद्यालयसँग दुईवटा स्कुल बस हुनेछन्।

 

Loading...