गेटा मेडिकल कलेज बिश्वबिद्यालय कै रुपमा अगाडी बढाउनुपर्छ : योगेश भट्टराई

अत्तरिया, २६ असार– पुर्व पर्यटन, नागरिक तथा उड्यान मन्त्री योगेश भट्टराईले गेटा मेडिकल कलेज बिश्वबिद्यालय कै रुपमा अगाडी बढ्नुपर्ने बताएका छन् । आईतबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको टोलिले कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजको अनुगमन गर्दै उनले गेटा मेडिकल कलेज बिश्वबिद्यालय कै रुपमा अगाडी बढाए राष्ट्रकै लागि राम्रो हुने बताए ।

Ganyapdhura gau

अनुगमनका क्रममा निरीक्षणका क्रममा समितिका टोलिले गेटा मेडिकल कलेजको स्थलगत निरीक्षण गर्दै शिक्षा मन्त्रालय मातहत रही निर्माणाधीन गेटा मेडिकल कलेजलाई आफ्नै छुट्टै विश्वविद्यालय बनाउनु पर्ने कुरामा जोड दिए । पुर्व मन्त्री भट्टराईले मेडिकल कलेजको भौतिक प्रगति सन्तोषजनक रहेकाले यसको विकासका लागि सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरि सहयोग हुने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । उनले भने, बिकासका हिसाबले मानव विकास सूचकांकका हिसाबले पछाडी परेको सुदूरपश्चिममा गेटा मेडिकल कलेजलाई मेडिकल बिश्वबिद्यालयकै रुपमा अगाडी बढाउन सकियो भने राष्ट्र कै लागि राम्रो हुनेछ ।

Navadurga sun
Godawari sandesh

त्यस्तै अनुगमनका क्रममा गेटा मेडिकल कलेज निरीक्षणकै लागि गेटा पुगेका पुर्व वन तथा बाताबरण मन्त्री नारद मुनि रानाले गेटा मेडिकल कलेजको भौतिक प्रगति हेर्दा आशलाग्दो देखिएको बताए। रानाले पनी गेटा मेडिकल कलेजलाई विश्वविद्यालयकै रूपमा विकास गरिनुपर्नेमा बताए ।

Dadeldhura hospital

गेटा मेडिकल कलेजमा भौतिक पूर्वाधारको काम ९० प्रतिशत सकिएको छ । मेडिकल कलेजका भौतिक पूर्वाधार निर्देशक हेमराज पुजाराले अस्पताल चलाउन आवस्यक पर्ने पूर्वाधार २ बर्ष अघि नै तयार गरिएको बताए । उनले अहिले पछिको लागि एक्स्ट्रा तयारी भैरहेको बताए । संघीय सांसद चित्रकला यादवले भौतिक संरचना तयार भैसकेको अवस्थामा मेडिकल कलेजलाई तत्काल संचालन गर्नुपर्ने बताईन् । उनले मेडिकल कलेजको भौतिक प्रगति सन्तोषजनक रहेकाले यसको थप विकासमा सहयोग हुने प्रतिवद्धता समेत जनाएकी छिन् ।

निरीक्षणकै लागि गेटा पुगेकी सांसद अन्जना विशंखेले अस्पताल संचालनको प्रक्रिया र विश्वविद्यालय संचालनको प्रक्रिया बुझेर थप काम कारबाही अघि बढाउने जानकारी दिएकी छिन् ।आईतबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको टोलि कैलालीको प्रस्तावित गेटा मेडिकल कलेजको अनुगमन गर्न आएको हो ।

साथै गोदावरी नगरपालिकामा रहेको निर्माणधिन मेडिकल कलेजमा समितिले स्थलगत अवलोकन गर्नुका साथै अन्तरक्रिया कार्यक्रम गरेको थियो । समितिमा सांसद योगेश कुमार भट्टराई,अञ्जना विशंखे, चित्रलेखा यादव, नविन लामा, भैरव बहादुर सिंह, मानबहादुर विश्वकर्मा, डा. दिपक भट्ट र नारद मुनि रानाको सहभागिता रहेको थियो ।

गेटामा चिकित्सा बिश्वबिधालय संचालानर्थ गठित संघर्ष समिति का सँयोजक लोकराज पान्डे आगोले गेटा मेडिकल कलेज संचालन को मोडालिटीको बारेमा पहिले सरकार क्लियर बन्नुपर्ने बताएका छन् । आइतबार संघीय संसद को स्वास्थ शिक्षा समितिले कैलालीको अत्तरिया मा आयोजना गरेको कार्यक्रम मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रातो किताब मा सरकार ले बजेट छुट्याएको छैन कसरी सरकार ले ३ सय बेड को अस्पताल संचालन गर्छ भनेर प्रश्न गरे ।

यस्तै उनले अब सुदूरपश्चिमका जनतालाई ढाँटन नहुने बताए । सरकारले देशभर मेडिकल कलेज खोलोस हामिलाई आपत्ति छैन तर यहाँको मेडिकल कलेज संचालन हुनुपर्यो पान्डेले भने, यसलाई कसैको मातहतमा राख्ने होइन स्वायत्त बिश्वबिद्यालय बनाउनु पर्दछ । सुदूरपश्चिम बिश्वबिद्यालय मातहत राख्ने कुरो अस्वीकार्य रहने उनले बताए ।

Loading...