दौडका क्रममा लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु

Dadeldhura hospital

डोटी– सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ। लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको हिजो उपचारका क्रममा मृत्यु भएको हो ।

Ganyapdhura gau

तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बोहरा गएको २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका थिए । लामो समयसम्म होस नआएपछि हेलिकप्टरमार्फत उपचारका लागि उनलाई कोहलपुर रेफर गरिएको थियो ।

Loading...