बुढीगंगा : मतगणना अन्तिम चरणमा, मेयर–उपमेयरमा एमालेको अग्रता कायमै

धनगढी– स्थानीय निर्वाचनअन्तर्गत पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। मेयर उपमेयरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ।

Ganyapdhura gau

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ हजार ४१९ मतगणना हुँदा मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ ३ हजार ८८१ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन्। खाती ७८० मतान्तरले पछाडि छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यस्तै, उपमेयरमा नेकपा एमालेकै मायाकुमारी खडका (कुँवर) ले ३ हजार ७ ५३ मतसहित अग्रता कायम राखेकी छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले ३ हजार १५३ मत प्राप्त गरेकी छन्।

उपमेयरामा ६०० मतको अन्तर छ। १० वडा रहेको बुढीगंगाको ८ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये मतगणना सम्पन्न भएका वडा नम्बर १, २, ३, ९ र १० मा एमाले विजयी भएको छ।

यस्तै, वडा नम्बर ४, ७ र ८ मा कांग्रेस विजयी भएको छ। अहिले वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ।

Loading...