

अत्तरिया, २५ असार- कैलालीको गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जन्म दिनको अवसर पारी उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ६ हजार पाँच सय बराबरको शैक्षिक सामग्री लगायत वितरण गरिएको हो ।



स्वगिय पति कमल सि खड्काको सम्झनामा धर्मी खड्काले आपनो जन्म दिनमा कपि डटपेन र चोखोपन दियर मनाएकी छन्। आफनो श्रीमानकाे आउने पेन्सन सामाजिक कार्य र दिन दुखिलाई खर्च गर्ने खड्काले बताइन् ।


उनले भनिन, ‘जन्म दिनमा अरु फजुल खर्च गर्नु भन्दा बिद्यार्थीलाई थोरै भए पनी सहयोग पुग्ने र शिक्षा भनेको जीवनको पहिलो आधार भएकाले शिक्षालाई सबैले सक्दो सहयोग गर्नुपर्ने बताइन् ।’

