निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी विष्ट पनि बढुवाको १८औँ नम्बरमा

काठमाडौँ– गृह मन्त्रालयले नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

Dadeldhura hospital

निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज विष्ट पनि एसएसपी बढुवाको सूचीमा छन् । निर्मलाको बलात्कारपछि हत्या भएको थियो । विष्ट १८औं नम्बरमा सिफारिसमा परेका हुन् । विष्टको लुम्बिनी प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा दाङमा दरबन्दी रहेको छ ।

Navadurga sun
Godawari sandesh

त्यस्तै बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द, दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरवेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् ।

Loading...