कैलारीमा चट्याङबाट मृत्यु भएका परिवारलाई २ लाख राहत वितरण

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले यही गएको असार १४ गते चट्याङ लागेर मृत्यु भएका कैलारीका चट्याङ पीडित परिवारलाई राहत रकम वितरण गरेको छ । चट्याङ लागेर मृत्यु भएका कैलारी गाउँपालिका वडा नं. १ रानामुरा गाउँ बस्ने ५६ वर्षीय सुखपंखीदेवी चौधरीको परिवारलाई नगद २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

Dadeldhura hospital

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीको पहल र समन्वयमा ‘विपद पीडित उद्दार र राहत सम्बन्धि मापदण्ड २०७७’ बमोजिम मृतकको श्रीमान परनुराम डगौंरालाई नगद हस्तान्तरण गरेको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापा मृतकको घरमा पुगी नगद रकम हस्तान्तरण गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्रबहादुर बम, सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंह, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, नेपाली काँग्रेस कैलारीका सभापति कृष्णप्रसाद चौधरीको सहभागितामा मृतकका श्रीमान परनुराम डगौंरालाई नगद रकम हस्तान्तरण गरिएको थियो ।

Loading...