

धनगढी, १९ असार– कैलालीमा एक किशोर बेपत्ता भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं.१ स्थित सुखड पिपल डाँडाबाट महाबिर बोहराका १३ वर्षीय छोरा सुरेन्द्र बोहरा बेपत्ता भएका हुन् ।



सिगास गाउँपालिका वडा नं. ८ स्थायी घर भएका बोहरा एक महिनादेखि यहाँ दिदीसँग भाडामा बस्दै आएका थिए । सुरेन्द्र शनिबार बेलुका करिब ५ बजे खेल्छु भनेर निस्किएका थिए । त्यसपछि सुरेन्द्र बेपत्ता भएको उनकी दिदी प्रमिला बोहराले बताइन् ।


उनलाई भेटाएमा ९८६५६१३३९४ नम्बरमा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन् । त्यस्तै प्रहरीले पनि बेपत्ताको जानकारी आएको र खोजी कार्य थालिएको बताएको छ ।

