धनगढीमा कोभिडबाट मृत्यु भएका परिवारलाई सहयोग

धनगढी, १८ असार– निमार्ण व्यवसायी संघ कैलालीले कोभिडबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ । कोभिड १९ रोगका कारण मृत्यु भएका संघका साधारण सदस्यहरूको सम्झनामा आज शनिबार ८ जनाको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

Dadeldhura hospital

संघका अध्यक्ष यज्ञराज जोशीका अनुसार कोरोनाका कारण संघका ८ जनाको मृत्यु भएको थियो । मृत्यु भएका परिवारलाई १ लाख ५० हजारका दरले परिवारलाई सो रकम हस्तान्तरण गरिएको हो । अध्यक्ष जोशीले आगामी दिनहरूमा पनि यस्ता सहयोगहरू गर्न आफुहरु तयार रहेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

कोरोनाका कारण निमाणर् व्यवसायी संघ कैलालीका साधारण सदस्य श्याम सुन्दर मण्डल, प्रकाश चटौत, चित्र बहादुर कार्की, प्रकाश शाह, उद्धव श्रीमाल, नीरज प्रकाश चटौत, हरि प्रसाद अवस्थि, राजु प्रसाद श्रेष्ठको मृत्यु भएको थियो ।

Loading...