धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत किशोरी मृत फेला

Dadeldhura hospital

धनगढी, १७ असार– धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत कञ्चनपुरकी एक किशोरी मृत फेला परेकी छन्। कञ्चनपुर बेलाैरी घर भएकी अन्दाजी १९ वर्षीया आरती विष्ट हिजो (बिहीबार) घरमै मृत भेटिएको प्रहरीले जनाएको छ। उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ।

उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह मानविकी संकाय प्रथम सेमेस्टरमा अध्यनरत थिइन्। उनको मृत्युपछि क्याम्पसले आज शोक बिदा दिएको छ।

Navadurga sun
Godawari sandesh
Loading...