कैलालीको पार्टी अध्यक्षबाट हटाइएका थापालाई अझै रुपान्तरण हुने अवसर छ : प्रदेश इन्चार्ज भट्ट

धनगढी, १४ असार– नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले कैलालीको पार्टी अध्यक्षबाट हटाइएका रतनबहादुर थापालाई अझै रुपान्तरण हुने अवसर भएको बताएका छन् ।

थापालाई मंगलबार प्रदेश कमिटीले गरेको कारवाहीबारे सञ्चारकर्मीलाई धनगढीमा संक्षिप्त प्रतिक्रिया दिदै भट्टले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेकाले जिल्लाको सिफारिसका आधारमा पदबाट हटाइएको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिल्ला कमिटीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेपनि व्यक्तिलाई रुपान्तरण हुने अवसर दिनुपर्ने भन्दै प्रदेश कमिटीले अध्यक्ष पदबाट मात्र हटाएको भट्टले प्रतिक्रिया दिए । ‘पार्टीले त्यो तहको नेता उत्पादन गर्न निकै खर्च गरेको हुन्छ । सकेसम्म पार्टीको विधि के हुनुपर्छ भन्दा व्यक्तिबाट कमी कमजोरी हुन्छ त्यो कमजोरीलाई सच्याउने अवसर दिनुपर्छ र उसलाई रुपान्तरण हुने अवसर दिनुपर्छ,’ भट्टले भने ।

उनले थापालाई गरिएको कारवाहीले पार्टीलाई क्षति नभएर थप बलियो बनाउने धारणा राखे । पार्टी सिद्धान्त नमान्ने, अराजकता देखाउने प्रवृत्तिका व्यक्तिले थापाको कारवाहीलाई सिकाइको रुपमा लिनुपर्ने तर्क उनको थियो ।

स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको, नेतृत्व विरुद्ध जथाभावी बोलेको, निर्वाचनमा पार्टीको नेतृत्व नगरेको आरोप लगाउँदै जिल्ला कमिटिले थापालाई कारवाहीका लागि सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा उनलाई प्रदेश कमिटीले कारवाही गरेको छ ।

मंगलबार नै आयोजित मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उनले मदन भण्डारीले आत्मसाथ गरेको जबजको सिद्धान्त अहिलेको युग सुहाउँदो भएकाले सबैले मान्नुपर्ने बताए ।

Loading...