कैलालीको धनगढीबाट भन्सार छलीको सामान बरामद

Dadeldhura hospital

धनगढी, ११ असार- सशस्त्र प्रहरीले कैलालीबाट भन्सार छलीका सामान तथा ओसारपसार संलग्न सवारी बरामद गरेको छ ।जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. २, त्रिवेणी घाटबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याउँदै गरेको ३ लाख ७ हजार ३ सय ६० रुपैयाँ बराबरको कपडा तथा चप्पल र सो सामान बोक्न प्रयोग गरिएको इलेक्ट्रीक रिक्सा र पेट्रोल अटो २ लाख ५० हजार बराबर मूल्य पर्ने जम्मा ५ लाख ५७ हजार ३ सय ६० रुपैयाँ बराबर सामान र अटो बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीले जनाएको छ ।

Ganyapdhura gau

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहका अनुसार मातहत बिओपि धनगढी त्रिनगरबाट खटिएको गस्ती टोलीले सो सामान बरामद भएको बताए । सामान तथा अटो रिक्सा बरामद गरी आवश्यक कारवाहीको लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको उनले बताए ।

Couple
Loading...