


धनगढी ११ असार- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसदबाट निर्वाचित राष्ट्रिपति बनाउनुपर्ने माग राखेका छन् ।



शनिबार धनगढीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम अध्यक्ष थापाले संसदको निर्वाचन लड्न निकै महगो र खर्चिलो भएकोले निकै बिकृती भैरहेको समेत बताएका छन् । अहिलेको निर्वाचन धनी र व्यापारीले लड्ने भएको देखिएकोले जनताबाट प्रत्यक्ष प्रधामन्त्री चुनिने कानुनि व्यबस्था बनाउन आग्रह गरेका छन् ।


अहिलेको तिन तहाको संघिय संरचनालाई सुधार गरेर केन्द्रमा बलियो सरकार र स्थानीय तहलाई बलियो सरकार बनाए राष्ट्रि बलियो बन्ने अध्यक्ष थापाको दाबी रहेको छ । अर्को प्रशंगमा अब कुनै पनि पार्टीसँग एकता नहुने समेत बताए । राप्रपाबाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताए । पार्टी भित्रको गलत वैचारिक प्रवृति, विकृति र विसंगति समाधान प्रयास गर्न खोज्दा पनि सुझाव नमानेपछि राप्रपाबाट टाढिएर अलग पार्टी स्थापना गरेको समेत अध्यक्ष थापाले बताए ।
नेता थापाले कम्युनिष्ट तथा अन्य ठुला दलहरुमा वैचारिक विचलन देखापरेको समेत आरोप लगाए । ‘साम्यवाद, समाजवाद र पुँजीवाद दर्शन हावी हुँदा ठुला दलहरूको विचारमा विचलन आएको छ’ उनले भने-‘साम्यवाद, समाजवाद, पुँजीवादको विकल्पमा सम्बर्दनवादको दर्शनलाई पार्टीले अघि बढाउनेछ ।’ उनले सम्वद्र्धनबाद भनेको सनातन धर्मको रक्षा र परम्परागत संस्कारलाई अंगाल्दै अघि बढ्ने दर्शन रहेको बताए ।





