धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ८३ करोड

धनगढी, १० असार- कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ८३ करोड ८९ लाख २४ हजार बराबरको बजेट पेश गरिएको छ । उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले शुक्रबार ८ औँ नगर सभामा बजेट प्रस्तुत गरेकी हुन् ।

चालू तर्फ १ अर्ब ३ करोड १९ लाख ७० हजार रुपैयाँ र पुँजीगततर्फ ८० करोड ७० लाख ६२ हजार ३ सय ६८ रुपैयाँ प्रस्तुत गरेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रस्तुत बजेटमा आन्तरिक आय २६ करोड, ७९ लाख २४ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरण संघीय सरकार ९६ करोड ४८ लाख र प्रदेश सरकारबाट ३५ करोड ३४ लाख ५ हजार, राजस्व बाँडफाँटबाट प्राप्त रु ४७ करोड २९ लाख ३३ हजार र सरी आएको मौज्दात १० करोड रहने प्रक्षेपण गरिएको छ ।

Dadeldhura hospital

आर्थिक वर्ष २०७९/०८० को बजेटमा उपमहानगरको बजेटमा सबै बढी बजेट सामाजिक विकासतर्फ विनियोजन गरेको छ । उपमहानगरपालिकाले सामाजिक विकास तर्फ ७४ करोड ७८ लाख ३३ हजार विनियोजन गरेको छ । जो कुल बजेटको ४० दशमलब ६४ प्रतिशत हो ।

उपमहानगरपालिकाले आर्थिक विकासतर्फ कुल बजेटमध्ये १४ करोड ४२ लाख ११ हजार (सात दशमलब ८४ प्रतिशत), पूर्वाधार विकासतर्फ ४५ करोड १० लाख ५२ हजार (२४ दशमलब ५३ प्रतिशत), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ सात करोड ७३ लाख २१ हजार (चार दशमलब दुई प्रतिशत) र कार्यालय संचालनतर्फ ४१ करोड ८५ लाख सात हजार (२२ दशमलब ७६ प्रतिशत) विनियोजन गरेको छ ।

उपमहानगरपालिकाले सामाजिक सुरक्षाबाट ५० करोड, सडक बोर्ड नेपालबाट १ करोड, अन्य कार्यक्रम अनुदानबाट १ करोड र नगरपालिकाभित्र कार्यक्रम संचालन हुने विभिन्न संघसंस्थाबाट १७ करोड ११ लाख ६२ हजार रकम गरि ६९ करोड ११ लाख ६२ रकम आगामी आर्थिक वर्षमा आय-व्ययतर्फ थप हुने अनुमान गरेको छ ।

उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटमा खर्चको भारलाई घटाउने रणनीति अपनाउने भएको छ । ‘करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने व्यवस्था मिलाइएको छ’ सो बजेट वक्तव्यमा भनिएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २६ करोड ८८ लाख ४६ हजार कर संकलन गर्ने अनुमान गरेको छ ।

Loading...