

धनगढी, ९ असार- नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन सुदूरपश्चि प्रदेशकमिटीका आर्थिक सह -सचिव बामदेब अबस्थीले आफ्नो जन्म दिनको अबसर पारेर धनगढीमा रहेको दृष्टि फाउण्डेसनलाई खाधन्न सहयोग गरेका छन ।



मजदुर सगंठन ४३ औं स्थापना दिबस समेत आज नै परेकाले संगठनको तर्फबाट फाउण्डेसनलाई नुन तेल दाल लगायतका खाधन्न सामाग्री बितरण गरिएको हो ।


अबस्थीले बिगतमा पनि आफ्नो जन्म दिन यस्तै सामाजिक संस्थाहरुलाई सहयोग गरेर मनाउँदै आएका छन । अबस्थी गोदावरी वडा नं. ४ का बासिन्दा हुन ।

