


प्रकाशबहादुर बोहरा
अत्तरिया, ५ असार– बझाङको थलारा गाउँपालिका वडा नं.९ की क्यान्सर पीडित जमुनादेवी बिष्टको उपचारका लागि आर्थिक सहयोग गरिदिन हुन सबैमा अनुरोध गरिएको छ । स्तन क्यान्सर भएकोले उपचार गर्नका लागि आफु सँग भएको खेतीयोग्य जग्गा समेत विक्रि गर्नु परेको छ ।


आफुसँग भएको पैसा सबै सकिएकोले आफ्नो आमाको ज्यान बचाउन आर्थिक सहयोगका लागि उनका कान्छा छोरा प्रकाशले सहयोगका लागि अनुरोध गरेका छन् ।


घरको नाजुक अवस्थाका कारण बाल्यकाल अवस्थामा नै तीनै छोरा भारतमा पुगेर मजदुरी गर्दै जीविका चलाउँदै आएका थिए। जेठो छोरो कलक बिष्ट र माईलो छोरा विकास अहिले पनि भारतमै छन् भने कान्छो छोरा प्रकाश आमा विरामी भएपछि स्वदेश फर्किएका हुन् । आफुहरु तीनै जना स्वदेश फर्किएपछि आमाका लागि उपचारमा सानोनितो खर्चहरु जोह गर्न कठिन हुने हुनाले जेठो र माईलो छोरा भारतमा नै बसेर खाइनखाई भएपनि केही मात्र रकम पठाउने गरेका छन् भने कान्छा छोरा प्रकाश आमासँगै रहेका छन् ।

सुशिल कोइराला मेमाेरियल क्यान्सर हस्पिटल नेपागंजमा कार्यरत चिकित्सकहरुले उनको उपचारमा निकै नै बढी खर्च लाग्ने बताएका छन् । उनका छोरा प्रकाश बिष्टले भने, ‘एक पटक केमो चढाउँदा कम्तिमा पनि ४० देखि ५० हजार लाग्दो रहेछ ।’
निम्न बमोजिमको खाता नम्वर वा मोवाइलमा सम्पर्क गरेरे सहयोग गरिदिन हुन उनका छाेराहरुले सबैमा अनुरोध गरेका छन् ।
नेपालका लागि जमुना देवीको बैंक खाता नम्वर
नाम : जमुना देवी बिष्ट
बैंक : कुमारी बैंक लिमिटेड धनगढी
खाता नम्वर : ०७६०१४१८४३६००००१
करन बहादुर बिष्ट मो.नं. ९८६६८२३९४८
प्रकाश बिष्ट : मो.नं. ९८६६२५६५१५
ईन्डियाका लागी :
बिकास बिष्ट मो.नं. ७४१४९३८२२४
मोहन बिष्ट मो.नं. ९७४१५७७४६६
सुरेश बिष्ट मो.नं. ९०७१२२११३०
बासुदेव जोशी मो. नं. ७८३८६१६५६१
सुरेन्द्र खाती मो. नं. ८१०५८८७२४४
अहिलेसम्म सहयोगिदाताहरुः
डबल बिष्ट १० हजार भारु, सुरजन खाती ५ हजार भारु, बासुदेव जोशी १ हजार ५१ भारु, हिरु लुहार ५ सय ५१ भारु र मकर खड्का १ हजार नेपाली रुपैयाँ सहयोग प्राप्त भएको जानकारी जमुना देबीका माहिला छोरा बिकास बिष्टले दिए ।





