बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते

Dadeldhura hospital

बाजुुरा, ५ असार- बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । जगन्नाथ गाउँपालिका वडा नं. ४, बगउरा भन्ने ठाउँमा सु प प्र ०१-००२ त ५०९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका हुन ।

घाइते हुनेमा जगन्नाथ ४ कै उजली भण्डारी, विमला धराला र जगत भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरु तीनै जनाको कोल्टी स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...