प्रतिभा सामुदायिक पुस्तकालयको १३ औं साधारण सभा नया कार्यसमिति चयन गर्दै सम्पन्न, अध्यक्षमा पुनः जोशी

प्रकाशबहादुर बोहरा
अत्तरिया– प्रतिभा सामुदायिक पुस्तकालयको १३ औँ साधरण सभा नया कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । पुस्तकालयको अध्यक्षमा पुनः पुष्पराज जोशी नयन भएका हुन् ।

प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पु्ष्पराज जोशीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका रहेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

अत्तरियामा रहेको पुस्तकालयको हलमा शनिबार साधारण सभाको एक कार्यक्रमका बिच प्रमुख अतिथी रहनु भएका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री रैकाले उद्घाटन गरेका हुन् ।

Dadeldhura hospital

सभाले ४ बर्षे कार्यकालको लागि साधरण सभाले ९ सदस्य नया कार्यसमिति पनि चयन गरेको छ । पुष्पराज जोशीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा यज्ञराज हमाल, सचिवमा राजबहादुर कडायत, सह-सचिवमा भुपेश जोशी, कोषाध्यक्षमा धर्मसिंह कुँवर सहित सदस्यहरुमा विश्वनाथ ओझा, डम्बरसिंह कडायत, हेमन्तराज जोशी, तपराज ओझा चयन भएका छन् ।

त्यसैगरी सुदूरपस्चिमका वरिष्ठ साहित्यकार निर्मल कुमार भण्डारी र गायिका डिग्रा बादी सम्मानित भएका छन् । साहित्यकार भण्डारी मुडभरी साहित्य पुरस्कर २०७७ बाट पुरस्कृत निर्मल कुमार भण्डारी सम्मानित भएका छन् । उनलाई ११ हजार १ सय ११ रुपैयाँ सहित प्रमाणपत्र दोसल्ला ओढाएर सम्मानित भएका हुन ।

त्यस्तै गोदावरी ६ का स्थानीय खगराज पाठकले स्थापना गरेको गणेश-शारदा लोक साहित्य पुरस्कार लोक गायिका डिक्रा बादीलाई प्रदान गरिएको छ । उनलाई ५ हजार ५ रुपैयाँ सहित प्रमाणपत्र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । कार्यक्रमकै अवसरमा पुस्तकालयलाई विभिन्न माध्यमवाट सहयोग पुर्‍याउने विभिन्न सहयोगि महानुभावहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

संस्थाका ४३५ जना आजीवन सदस्य रहेका छन् । प्रतिभा पुस्तकालयको स्थापना २०५७ सालमा साहित्यकार कृष्ण पनेरु बन्चितको अगुवाईमा भएको थियो ।

Loading...