भोलि १६ गते बिहान ६ बजेदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा (जारी आदेश)

धनगढी, १५ बैशाख- कैलाली र कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा (लकडाउन) जारी हुने भएको हो । बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिएको दुवै प्रमुख जिल्ला अधिकारीहरुले जारी गरिएको आदेशमा भनिएको छ । जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको उनीहरुले बताएका छन् ।

के-के बन्द र के सञ्चालन गर्न पाइने
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन् । अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् । खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन् । खाद्य सामग्रीका पसलहरु भने बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यसैगरी सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन् । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन् ।

त्यसैगरी नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् । पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।
दुवै प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश:

Loading...