

हरिश चन्द
डडेल्धुरा ४ असार- डडेल्धुरामा पानी नपर्दा धान रोपाई गर्नु समस्या भएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेत सम्म नपुगेकोले धान रोपाई गर्न मुस्किल भएको हो । नदिमा पानिको सतह कम भएको र खेतसम्म नपुगेका कारण पाईपवाट खेतमा पानी सिचाई गर्दा घण्टौ समय लाग्दा किसानहरुले समस्या झेल्नु परेको छ ।



जिल्लामा अहिलेसम्मकै छिटो समयमा किसानहरुले धान रोपाई गर्न शुरु गरेका थिए । डडेल्धुरा केहि ठँउका किसानहरुले आकाशे पानीको भरमा धान रोपाई गर्ने गरेका छन् । तर असारको महिना लाग्दा पानी नपर्दा किसानहरुले धान रोपाई रोक्नु परेको छ । हालसम्म डडेल्धुरामा १० प्रतिशत खेतमा मात्र धान रोेपाई भइएको छ भने अझै ९० प्रतिशतमा रोपाईँ गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


असारको महिना शुरु हुदा समेत पानी नपर्दा समस्या हुन लागेको छ । मुलहरु शुकेको हुँदा पानीको जोह गरेर रोपाई गरि राखेका छौ । रोपेका खेतमा धान शुक्नलागेको कृषक रमेश हमालले जानकारी दिए । असार पहिलो हप्तामै डडेल्धुराका अधिकान्स ठाँउहरुमा रोपाई सकिन्थ्यो । पानी नपर्दा अहिले सबै खेत रोप्न वाकि रहेको कृषि ज्ञनकेन्द्रले जनाएको छ ।
पानी नपर्दा खेत सुख्खा बनेका छन् भने धान रोपाई हुन सकेको छैन । रोपिसकिएका धान पनि पानिको अभावका कारण सुक्न थालेका छन् । किसानलाई रोपाई ढिलो हुँदा उत्पादन घट्ने चिन्ता पनि छ । सरकारले खेतियोग्य जमिनमा सिचाईको व्यवस्था मिलाउन पर्ने स्थानीयले अपिल गरेका छन् । डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रमा धान खेती गरिन्छ ।

