गोदावरी १० को छैटौं वडा भेला सम्पन्न, आ.व.२०७९/०८० को बजेट ९६ लाख ९६ हजार

अत्तरिया, ४ जेठ- कैलालीको गोदावरी नगरपालिका १० नं. वडा कार्यालयले आ.व. २०७९।०८० को छैटौं वडा भेला सम्पन्न गरेको छ । शनिबार छैटौं वडा भेला मार्पmत वडाको निति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । वडाध्यक्ष शाहीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

उक्त वडा भेलालाई सम्बोधन गर्दै नगर प्रमुख भट्टले नगरको विकाशका लागी सबैको सहकार्य र ऐक्यवद्धता आवश्यक रहेको बताए । राजनितिक प्रतिशोध नलिई सबैले मिलेर गए मात्रै समृद्ध नगर निर्माण गर्न सम्भव हुने उनले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

जनताले जुन आशा र भरोशाका साथ जिताएर पठाएका छन, त्यो आशा र भरोशालाई निराशामा परिणत हुन नदिनु जनप्रतिनिधिको कर्तव्य समेत रहेको नगर प्रमुख भट्टले बताए ।

Dadeldhura hospital

त्यस्तैगरी कैलालीको गोदावरी नगरपालिले आर्थिक वर्ष २०७९/०८० का लागी ९६ लाख ९६ हजार निति तथा कार्यक्रम मार्पmत बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले पठाएको बजेट सिलिङ अनुसार वडाले शनिबार ९६ लाख ९६ हजार ३१ रुपैया बराबरको बजेट प्रस्तुत गरेको हो ।

बजेटमा वडाले सबै भन्दा बढी पुर्वाधार विकासमा खर्च गर्ने भएको छ । भौतिक पुर्वाधार विकासमा वडाले ५० लाख रुपैया विनियोजीत गरेको छ । उक्त बजेटले वडामा नालि सहितको पिँच सडक र सिँचाई अन्तरगत मोटर खरिद गरिने वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले बताए ।

उनले नाली सहितको पिँच सडकका लागी ४० लाख र मोटर खरिदका लागी १० लाख विनियोजीत गरिएको बताए । त्यसैगरी वडाले सामाजिक विकासतर्फ वडाले २८ लाख ७५ हजार रुपैया बजेट विनियोजन गरेको छ ।

उक्त रकम बाट वडामा खानेपानी, विद्यालय व्यवस्थापन लगायतका कार्यहरु गरीने वडाध्यक्ष शाहीले बताए । वडाले संस्कृति प्रर्वद्धन भनेर नयाँ शिर्षक राखेको छ । जसमा वडाले ६ लाख ७५ हजार रुपैया बजेट विनियोजन गरेको छ । उक्त रकमले चौधरी समुदायको अधुरो भवन निर्माण र मठ मन्दिर निर्माण गरिने बताईएको छ ।

त्यसैगरी वडाले आर्थिक विकासतर्फ २ लाख ५० हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ३ लाख ९२ हजार ३१ रुपैया र सुशासनतथा संस्थागत विकास तर्फ ५ लाख बजेट विनियोजन गरेको छ । आर्थिक विकासतर्फ वडाले महिला सिलाई कटाई तालीम सञ्चालन गर्ने र वातावरण तथा विपद् व्यवस्थापनमा वडाले मागको आधारमा कार्यहरु गर्ने वडाध्यक्ष शाहीले बताए ।

Loading...