

अत्तरिया– गेटा मेडिकल विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति अत्तरियाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।



शुक्रबार समितिका संयोजक लोकराज पाण्डेय (आगो) सहितको टोलीले प्रधानमन्त्री देउवालाई धनगढीस्थीत देउवा निवासमा पुगी ज्ञापनपत्र बुझाएको हो ।


समितले ३ सय शैयाको अस्पताल तत्काल संचालन गर्न तथा मेडिकल विश्वविद्यालय स्थापनार्थ तत्काल संसदमा विद्येक ल्याई लागु गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले तीन सय सैयाको अस्पताल संचालनको प्रक्रिया छिटै अगाडी बढाउने बताएका छन् ।
देउवाले गेटा मेडिकललाई विश्वविद्यालय वा प्रतिष्ठान कुन मोडालिटीमा लैजाने भन्ने विषयमा पनी छिटै टुंगो लगाउने बताएका छन् ।

