सुदूरपश्चिम प्रदेश सरकारको बजेट ३६ अर्ब ७४ करोड ६५ लाख (पूणर्पाठ सहित)

धनगढी, १ असार- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६५ लाखको बजेट सार्वजनिक गरेको छ । बुधबार प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।

रावलले चालूतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार अर्थात ३३ दशमलव ४६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार अर्थात ६५ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको जनाएका छन् । त्यस्तै अन्तर सरकार वित्तीय हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड ४९ लाख अर्थात ३ दशमलव ७३ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट २ अर्ब, चालू आर्थिक वर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब, संघीय सरकारबाट राजश्व बाँडफाँट बापत प्राप्त हुन आएको रकम ९ अर्ब ६० करोड, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब २० करोड, सशर्त अनुदानबाट ६ अर्ब र संघीय रोयल्टीबाट ४ करोड २८ लाख रकम परिचालन गरिने मन्त्री रावलले बजेटमा प्रस्तुत गरेका छन् ।

प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, खानेपानी, सडक पूर्वाधार लगायतका क्षेत्रमा बजेटको व्यवस्था गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार बजेट भाषण मार्फत सो क्षेत्रमा निरन्तर थप बजेटको व्यवस्था गरेको जनाइएको छ ।
आर्थिक मामिलामन्त्री रावलका अनुसार आगामी आर्थिक वर्षका लागि स्वास्थ्य सेवा सुधारका लागि १ अर्ब ६ करोड २६ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रतर्फ प्रदेशमा रहेका प्रादेशिक र जिल्ला अस्पतालमा सेवा विस्तारको योजना अटाएका छन् ।

Dadeldhura hospital

आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रका लागि १ अर्ब २३ करोड ७३ लाख बजेट विनियोजन गरिएको छ । शिक्षाको गुणस्तर सुधार, आधुनिक पूर्वाधार निर्माण र शैक्षिक जनशक्तिको क्षमता सुधारका लागि प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम अन्तर्गत उक्त बजेट विनियोजन भएको हो ।

यस्तै रावलले शुक्रबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै १ अर्ब ६७ करोड ९७ लाख बजेट खानेपानी संरचना निर्माण तथा पुनर्निर्माणका लागि विनियोजन गरिएको घोषणा गरेका छन् । भने सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको जनाएका छन् ।

त्यस्तै बाढी पहिरोबाट प्रभावित क्षेत्रका लागि १ अर्ब १२ करोड र गत वर्ष वर्षाले विभिन्न संरचनामा क्षति पुगाएको भन्दै ती संरचनाको एकीकृत पूर्वाधार निमाणर् एवं पुनः स्थापना गरी पीडितहरुको संरक्षण तथा सम्भावित जोखिम न्यूनीकरणका गर्न ६९ लाख विनियोजन गरिएको बताएका छन् ।

बजेट भाषण २०७९/८०

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”12889″ /]

Loading...