कैलालीको अत्तरियामा बस र स्कुटर ठोक्किँदा २ जना घाइते




धनगढी, ३१ जेठ– कैलालीको अत्तरियामा बस र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । मंगलबार दिउँसो गोदावरी नगरपालिका वडा नं. १ अत्तरियास्थित पूर्वरोडमा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पूर्वतर्फ जाँदै गरेको गोदावरी नगरपालिका वडा नं. ९ सेहरी बस्ने ४२ वर्षीय मिनबहादुर बोहराले चलाएको ना ५ ख १०९४ नम्बरको बस र बिपरित दिशाबाट आउँदै से ६ प ११८६ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवै घाइते भएका हुन् । घाइते हुनेमा स्कुटर चालक गोदावरी नगरपालिका वडा नं. ७ बस्ने ३५ वर्षीय भीष्म राज अवस्थी र स्कुटरमा सवार बझाङ बित्थडचिर गाउँपालिका वडा नं. ३ का २६ वर्षीय दिनेशबहादुर बोहरा रहेको कैलाली प्रहरीले बताएको छ ।


घाइते दुवैको पदमा अस्पतालमा उपचार भइरहेको र बस चालक प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।