


धनगढी, ३१ जेठ– कैलालीमा प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार राति जिल्लाको भजनी नगरपालिका वडा नं.६ बाट बर्दगोरिया गाउँपालिका वडा नं. ४ का २६ वर्षीय दिनेश ठकुल्ला र २५ वर्षीय यमराज शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


ठकुल्लाले चलाएको सुपप्र ०१००१० प ६७२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा १५ ग्राम ५ सय ०० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



