सुदूरपश्चिम प्रदेश सरकारको बजेट भोली ल्याइदै, बजेटको आकार बढ्ने

धनगढी, ३१ जेठ– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भोली असार १ गते ल्याउने भएको छ । यो बजेट सुदूरपश्चिम प्रदेशको पहिलो सरकारको अन्तिम बजेट हुनेछ ।

Dadeldhura hospital

प्रदेश सरकार पहिलो पटक बनेपछि उसले ल्याउने यो बजेट छैटौं हो । प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न तयारी पूरा भएको प्रदेश सरकारले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

आगामी आर्थिक वर्षको बजेट ३३ अर्बको हाराहारीमा आउने प्रदेश सरकारले बताएको छ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको हो ।

चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको थियो । संघीय सरकारले प्रदेश सरकारले प्राप्त गर्दै आएको अनुदान रकम बढाएर पठाएपछि बजेटको आकार बढ्ने भएको छ ।

Loading...