राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिमको अधिवेशन सम्पन्न, अध्यक्षमा मानबहादुर साउँद निर्वाचित

अत्तरिया, ३० जेठ– राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सूदूरपश्चिम प्रदेशले चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न गरेको छ । महासंघको २९ र ३० गते गरी दुई दिन संचालन गरिएको साधारण सभा तथा अधिवेशन सोमबार सम्पन्न गरिएको हो।

कार्यक्रमको दोस्रो शत्रमा अधिवेशन सम्पन्न गरिएको थियो । महासंघको दोस्रो अधिवेशनका लागि तत्कालीन कार्यसमितिले निर्वाचनका लागि निर्वाचन अधिकृत देवराज भट्ट सहितको निर्वाचन समतिले निर्वाचन प्रकृयाद्वारा निर्वाचन सम्पन्न गरी चुनिएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अध्यक्षतामा मानबहादुर साउँद निर्वाचित भएका छन् । कैलालीको अत्तरियामा सम्पन्न दोश्रो अधिवेशनमा साउँदले ४८ मत सहित बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी प्रेमबहादुर बयकले २४ मत प्राप्त गरेका थिए ।

त्यस्तै कार्यसमितिको उपाध्यक्षमा बिमला चौधरी, सचविमा नन्दराज भट्ट, कोषाध्यक्षमा बिजय साउँद निर्विरोध निर्वाचित भएका छन् भने सह सचिवमा उम्मेदवारी नपरेको निर्वाचन अधिकृत भट्टले जनाएका छन् । त्यस्तै अपाङ्गताको बर्गीकरण सामान्यतर्फ सदस्यहरुमा जानकी कुमारी सिंह, पार्वती बिष्ट, प्रमिला चौधरी, कमला ढकाल, नरेन्द्र प्रसाद जैसी, मन्दोदरी नाथ निर्वाचित भएका छन् ।

त्यस्तै अति र पूर्ण अशक्त अपाङ्गताबाट सदस्यहरुमा राजेन्द्र प्रसाद पन्त, भवेन्द्र सिंह, प्रकाश बलायर र विर बहादुर मडै रहेका छन् । त्यस्तै समावेशी अन्तर्गतका सदस्यहरुमा तुलसी हमाल, दिलिप चौधरी, हरी दमाई (नेपाल) र कुश्मा जोशी निर्वाचित भएका छन् ।

Loading...